अन्तर्राष्ट्रिय

‘आतंकवादी परिसर’ भन्दै मस्जिदमा इजरायली सेनाद्वारा हवाई आक्रमण



एजेन्सी, ०५ कात्तिक ।

इजरायली प्रतिरक्षा फौज (आईडीएफ) र इजराइल सेक्युरिटिज (आईएसए) ले जेनिनस्थित अल–अन्सार मस्जिदमा हमास र इस्लामिक जिहाद आतंकवादी परिसरमा हवाई हमला गरेको आईडीएफले आइतबार बताएको छ।

सामाजिक सञ्जाल एक्समा कुरा गर्दै आईडीएफले मस्जिदको प्रयोग सर्वसाधारणका विरुद्ध आतंकवादी हमलाको योजना बनाउन र त्यसलाई लागू गर्नका लागि कमान्ड सेन्टरका रूपमा प्रयोग गरिएको जासुसीमाध्यमबाट पत्ता लागेको बताएको छ।

एक्समा आईडीएफले भनेको छ, ‘आईडीएफ र आईएसएले जेनिनस्थित अल–अन्सार मस्जिदमा हमास र इस्लामिक जिहाद आतंकवादी परिसरमा हवाई आक्रमण गरे, हालै आईडीएफको जासुसी संयन्त्रबाट मस्जिदको प्रयोग सर्वसाधारणका विरुद्ध आतंकवादी हमलाको योजना बनाउन र त्यसलाई पूरा गर्नका लागि एउटा कमान्ड सेन्टरका रूपमा प्रयोग गरिएको थियो भन्ने पत्ता लागेको छ।’

एक्समा राखेको अर्को पोस्टमा आईडीएफले उसको सेनाले उत्तरी इजराइलमा एन्टी–ट्याङ्क लन्च गर्ने प्रयास गरिरहेको एउटा आतंकवादी सेललाई प्रहार गरेको बताएको छ। एक्समा राखेको पोस्टमा आईडीएफले भनेको छ, ‘हमासले ऊ मानवतावादी संगठन हो भन्ने विश्वास विश्वले गरोस् भन्ने चाहन्छ, उसको जालमा नफसौँ।’

एक्समा भिडियो पोस्ट गर्दै आईडीएफका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले भने, ‘हमासले पछिल्ला दिनमा विशेषगरेर पछिल्लो २४ घन्टमा हिजो दुई बन्धकलाई रिहा गरेर स्वयंलाई विश्वसामु मानवतावादी संगठनका रूपमा देखाउने प्रयास गरिरहेको छ, हमास आईएसआईएसभन्दा पनि खराब छ भन्ने संसारले बिर्सन सक्तैन।’

इजरायली वायुसेनाले हमासले गाजापट्टीका बासिन्दाहरूलाई मानव ढालका रूपमा प्रयोग गर्दै उनीहरूको घरहरूबाट रकेट लन्च गरेको बताएको छ। ‘हमास आतंकवादी संगठनले गाजापट्टीका बासिन्दाहरूलाई मानव ढालका रूपमा प्रयोग गर्दछ र उनीहरूको पूर्वाधार, क्षेत्र र भवनबाट रकेट प्रहार गर्दछ’, वायुसेनाले भनेको छ।

प्रकाशित : ५ कार्तिक २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६