अन्तर्राष्ट्रिय

न्युजिल्यान्डमाथि अस्ट्रेलियाको रोमाञ्चक जित



काठमाण्डौ, ११ कात्तिक । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले न्युजिल्यान्डमाथि रोमाञ्चक जित निकालेको छ । अस्ट्रेलियाले न्युजिल्यान्डलाई ५ रनले हरायो ।

अस्ट्रेलियाले दिएको ३ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ८३ रन बनायो । न्युजिल्यान्डका रचिन रविन्द्रले शतक बनाए । उनी ८९ बलमा १ सय १६ रन बनाएर आउट भए । यस्तै जेम्स नीशमले ५८ र ड्यारेल मिचेलले ५४ रन जोडे । बलिङतर्फ अस्ट्रेलियाका एडम जम्पाले ३ तथा जोश हेजलवूड र कप्तान प्याट कमिन्सले समान २ विकेट लिए ।

यसअघि धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलिया ४९ ओभर २ बलमा ३ सय ८८ रनमा अलआउट भयो । अस्ट्रेलियाका ट्राभिस हेडले विश्वकपको डेब्युमा शतक बनाए । उनी ६७ बलमा १ सय ९ रन बनाएर आउट भए । यस्तै डेभिड वार्नरले ८१, ग्लेन म्याक्सवेलले ४१, जोश इङ्लिसले ३८ र कप्तान प्याट कमिन्सले ३७ रन जोडे । बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र ग्लेन फिलिप्सले समान ३ तथा मिचेल स्यान्टनरले २ विकेट लिए ।

यो जितसँगै अस्ट्रेलियाले ६ खेलमा ८ अङ्क जोडेको छ । अस्ट्रेलिया तालिकाको चौथो स्थानमा छ भने न्युजिल्यान्ड उति नै खेलमा ८ अङ्कसहित नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ ।

प्रकाशित : ११ कार्तिक २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६