अन्तर्राष्ट्रिय

भारतको केरलमा बम विस्फोट, एक जनाको मृत्यु, ३६ घाइते



केरल, १२ कात्तिक । भारतको केरलाको कोच्चिस्थित सम्मेलन केन्द्रमा दुईवटा बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।

येहोवा विटनेस कन्भेन्सन सेन्टरमा तीन दिने कार्यक्रम चलिरहेको थियो । आइतबार कार्यक्रमको अन्तिम दिन थियो । येहोवा विटनेस एक इसाई समुदाय हो । प्रत्यक्षदर्शीका अनुसार विस्फोटका ठुलो आवाज सुनिएको बताए ।

केरलका एडीजीपी अधिकारी अजीत कुमारका अनुसार करिब २ हजार मानिस सहभागी कार्यक्रमा दुईवटा बस विस्फोट भएको थियो । बम ‘इम्प्रोभाइज्ड एक्प्लोसिफ डिभाइस (आईईडी) रहेको थियो । राज्यका डीजीपी शेख दवेशले घटनाको जाँच सुरु गरिएको जानकारी दिए ।

प्रकाशित : १२ कार्तिक २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६