अर्थ-वाणिज्य

नगर सरकारलाई प्राधिकरणको ८ करोडको ताकेता




पाल्पा, १६ कात्तिक ।नेपाल विद्युत प्राधिकरण ग्राहक वितरण शाखाले तानसेन नगर सरकारलाई बक्यौता महसुल बुझाउन ताकेता गरेको छ । झण्डै दुई दशक देखि नगर सरकारले प्राधिकरणलाई सडक बत्ती बापतको ८ करोड ५१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेकाले भुक्तानी गर्न ताकेता गरेको हो । प्रधिकरणका पाल्पा प्रमुख दिलिप मरासिनीले करिब १८ बर्षदेखि तानसेन नगरपालिकाले सडक बत्ती बापतको रकम नबुझाएको बताउँदै रकम ठूलो भएकाले संघीय सरकारले नै माथिल्लो तहबाट निकास दिनका लागि काम भईरहेको बताए ।
तानसेन नगर सरकारका प्रवक्ता यादवसिं कार्कीले बिद्युत बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको स्वीकार गर्दै नगर सरकारले भुक्तानी गर्न नसक्ने बताए । संघीय सरकारबाट नै यो समस्या समाधान गर्नुपर्ने बताए । प्राधिकरणका शाखा प्रमुख मरासिनीका अनुसार जिल्लामा औद्योगिक र ब्यक्तिगत तर्फ बक्यौता छैन ।

प्रकाशित : १६ कार्तिक २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६