प्रदेश

राजस्व अनुसन्धान कार्यालयद्वारा १५ लाख बराबरको सामान बरामद



बुटवल, १७ कात्तिक । राजस्व अनुसन्धान कार्यालय बुटवलले रुपन्देहीको छपियाबाट १५ लाख बरावरको अवैध समान बरामद गरेको छ । कार्यालयबाट गस्तीमा गएको टोलीले अवैध कपडा र चकलेट गरी १५ लाख ४१ हजार समान बरामद गरेको हो।

शुद्धोदन गाउँपालिका भलापुरमा भन्सार छली गरेर ल्याउँदै गरेको ८ लाख १८ हजार कपडा र सियारी गाउँपालिको छपियाका प्रेम थापाले भाडामा दिएको घर खानतलासी गर्दा ७ लाख २३ हजार बारबारको विदेशी चकलेट बरामद भएको कार्यालयको भनाइ छ ।

राजस्व अनुसन्धान कार्यालय बुटवलले दुवै घटनाबारे कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।

प्रकाशित : १७ कार्तिक २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६