गुल्मी २६ कात्तिक ।प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणाले नेपालमा स्थायी सरकार नहुँदा ठूलो समस्या आएको बताउनुभएको छ । उहाले अस्थिर प्रचण्डका कारण स्थायी सरकार नहुँदा देशको आर्थिक रुपमा धरखराएको वताउनु भयो । नेपाली कांग्रेस गुल्मीको सदरमुकाम तम्घासस्थित पार्टी कार्यालय बिपी स्मृति भवनमा भएको छलफल तथा अन्तरक्रियामा उहाँले यस्तो बताउनुभएको हो ।पूर्व अर्थराज्यमन्त्री समेत रहनुभएका नेता राणाले स्थायी सरकार नहुँदा देशको आर्थिक गतिविधिमा समेत असर पुग्ने बताउनुभयो । नेपालको ठूलो तथा जिम्मेवारी पार्टीको हैसियतले कांग्रेसले देशको अर्थतन्त्रको बारेमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको उहाँले बताउनुभयो ।
देशको अर्थतन्त्र जोगाउन सबै लाग्नुपर्ने भन्दै उहाँले स्थायी सरकारका लागि नेपालमा के गर्न सकिन्छ भनेर पार्टीको केन्द्रीय समितिको बैठकमा कुरा उठाएको समेत बताउनुभयो ।पार्टी संगठनको कुरा राख्नुहुँदै नेता राणाले पार्टीलाई निकै क्रियाशिल र सशक्त बनाएर लैजान सबै तहबाट एकताबद्ध भएर सांगठनिक कार्यमा लाग्न जरुरी रहेको बताउनुभयो ।
पार्टीभित्रको हरेक समस्यालाई समाधान गर्न सबै चिन्तित रहेको बताउनुभयो । पार्टीको माहोललाई बचाइ राख्न सबै तहबाट लाग्नुपर्ने भन्दै उहाँले माहोल मिलाउन सबै तहले आवश्यक गृहकार्यसहित रणनीति मिलाउन जरुरी रहेको बताउनुभयो ।सबैले सामाजिक संजालको प्रयोगमा समेत विशेष ध्यान दिनुपर्ने भन्दै अब हुने महासमिति बैठकबाट कांग्रेसको स्पष्ट धारणा बाहिर ल्याउन जरुरी रहेको उल्लेख गर्नुभयो ।
२६ कार्तिक २०८०, आइतबार








प्रतिक्रिया