अन्तर्राष्ट्रिय

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, ११ जनाको ज्यान गयो



एजेन्सी, १८ मंसिर ।
इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको ज्यान गएको छ । मारापी क्षेत्रमा भएको विस्फोटपछि त्यसको मुख नजिकै ११ पदयात्री मृत फेला परेका उद्धारकर्ताहरूले जानकारी दिएका बीबीसीले जनाएको छ ।

यो घटनामा १२ जना हराइरहेका छन् । फेरि अर्को सानो विस्फोट भएकोले अहिले खोजी कार्य रोकिएको छ । ज्वालामुखी विस्फोट हुँदा त्यस क्षेत्रमा ७५ जना पदयात्री रहेकामा बाँकीको उद्धार गरिसकेको इन्डोनेसियाको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

इन्डोनेसियामा रहेका एक सय २७ वटा सक्रिय ज्वालामुखीमध्ये मारापी पर्वतमा विस्फोट भएको हो । विस्फोट हुँदा झन्डै तीन किलोमिटर माथिसम्म खरानी र धुँवाको मुस्लो उठेको थियो । दुई हजार आठ सय ९१ मिटर अग्लो मारापी पर्वत इन्डोनेसियाको सुदूरपश्चिमको सुमात्रा टापुमा रहेको छ ।

प्रकाशित : १८ मंसिर २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६