अर्थ-वाणिज्य

हत्या गरिएका नवराज विकले पाए न्याय :२३ जनालाई जन्मकैदको फैसला




रुकुम पश्चिम १९ मंसिर । नवराज विकसहित ६ जनाको हत्या हुनेगरी भएको रुकुम पश्चिमको सोती घटनामा संलग्न रहेको आरोपमा ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत रुकुम पश्चिमले जनाएको हो ।
आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी सुनुवाइपछि न्यायाधीश खड्गबहादुर केसीको इजलासले घटनामा संलग्न रहेकामध्ये २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले नेपाल प्रेसलाई जानकारी दिए ।उनका अनुसार ज्यान मुद्दामा प्रतिवादी बनाएका मृतक नवराज विककी प्रेमिका, उनकी आमा र भाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै २ वर्षको जेल सजाय सुनाएको छ ।घटनामा संलग्न भएका आठ जनालाई भने रुकुम जिल्ला अदालतले सफाइ दिएको सूचना अधिकारी कोइरालाले बताए ।

प्रकाशित : १९ मंसिर २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६