अर्थ-वाणिज्य

स्वमूल्यांकन नतिजा सार्वजनिक : बुद्धभुमी देश मै प्रथम



कपिलवस्तु २८ मंसिर ।स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन प्रणाली ( लिजा ) को नजिता सार्वजनिक गर्ने कपिलवस्तुका बुद्धभुमी नगरपालिका मुलक मै प्रथम भएको छ । लिजा अनुसार गत बर्षको कामको स्वमुल्यांकन चालु आर्थिक बर्षको पुस मसान्त भित्र गर्नु पर्ने प्रावधान छ । सोही आधारमा बुद्धुभुमीले पुस २७ गते स्वमुल्यांकन नतिजा सार्वजनिक गरेर देशमा रहेका ७ सय ५३ पालिकामा नजिता प्रकाशन गर्ने पहिलो पालिका बनेको जिल्ला समन्वय अधिकारी भुमीराम पोख्रेलले बताए । बुद्धभुमीले पुस २७ गते लिजाको नतिजा प्रकाशन गरेर आफुहरुलाई जानकारी समेत पठाएको उनले बताए । मुलुकभरका ७५३ स्थानीय तहले गत आर्थिक बर्षमा गरेको कामको मुल्याङकन पौष मसान्तभित्र स्वमुल्याङकनको रुपमा नतिजा पठाउनुपर्ने संवैधानिक नियम छ ।
ार्वजनिक भएको स्वमुल्यांकनमा बुद्धभूमिले बिगतको नतिजामा सुधार गर्दै ८१ अंक प्राप्त गरेको समन्वय अधिकारी पोख्रेलले बताए । गत बर्ष भन्दा यस बर्ष भने बुद्धभुमी नगरपालिकाले नम्बरमा समेत सुधार गरेको प्रमुख प्रशाकीय अधिकृत धु्रब नेपालले बताए । गत बर्ष गरेको कामको स्वमुल्यांकन गर्न बिभिन्न १० वटा क्षेत्रका कुल सय वटा सुचक रहेका छन । त्यही आधारमा नम्बर दिन पाइन्छ । बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले बुद्धभुमी नगरपालिकामा जनतालाई प्रभावकारी सेवा दिन र उत्कृष्ठ बनाउन आफुहरु लागी परेको बताए । स्वमुलयांकन पनि समयमै पठाएको तर पहिलो हुने ठानेर नपठाएको जनाउँदै नगरप्रमुख श्रेष्ठले मुलुकमै यसरी प्रथम हुन पाउँदा नगरको सबै टिम खुसी रहेको बताए ।

प्रकाशित : २८ मंसिर २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६