अर्थ-वाणिज्य

संगठित चोरको ६ जनाको गिरोह प्रहरीद्वारा सार्वजनिक

अदालतवाट ५ दिनको म्याद थप गरी विस्तृत अनुसन्धान शुरु



कपिलवस्तु २ पुस ।कपिलवस्तुमा संगठीत चोरको ६ जनाको गिरोहलाई अदालतवाट ५ दिनको म्याद थप गरी विस्तृत अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यलय बाणगंगाका प्रमुख गोपाल वहादुर रायमाझीले वताउनु भएको छ । उहाले लागु औषध र चोरीका सामान सहित पक्राउ गरेको वताउनु भयो । खैरो हेरोईन, बिभिन्न मालसामान र नगद सहीत कपिलवस्तुमा चोरहरुको ६ जनाको गिरोह पक्राउ परेको उहाले वताउनु भयो । इलाका प्रहरी कार्यलय पिपरा कपिलवस्तुमा पत्रकार सम्मेलनको अयोजनागरी संगठित चोरहरुलाई सार्वजनिक गरिएको हो । वाणगंगा नगरपालिका वडा नं.२ गोबडिहवामा लागु औषध (ब्राउन सुगर) ७१० मिलिग्राम, चोरीका मालसामान सहित ६ जना मानिस पक्राउ परेका हुन ।
नवलपरासी (पुर्व) देवचुली नगरपालिका वडा नम्बर.२ का २३ बर्षिय मुक्ति प्रसाद खनालले डेरामा बस्दै आएको अवस्थामा उनीहरु खैरो हेराईन र चोरीका मालसामान सहीत पक्राउ परेको प्रहरी नायब उपरिक्षक गंगा बहादुर थापाले बताए ।२ वटा मोटरसाईकल, विभिन्न दरका नोट तथा सिक्का (डवल) गरी ३ लाख ४९ हजार २५५, मोबाईल नौ थान ,सुन जस्तो देखिने गर गहना, चादी जस्तो देखिने गरहना बरामद भएको छ । यस्तै डेल कम्पनीको ल्याबटप, डिजिटल क्यामेरा, चक्कु खोडा लगायतका सामान बरामद भएका छन ।

पक्राउ पर्नेहरुमा नवलपरासी देवचुली नगरपालिका वडा नम्बर २ का २३ बर्षिय मुक्ती प्रसाद खनाल, कपिलवस्तु बुद्धभुमी नगरपालिका वडा नं. २ बस्ने २६ को विबेक थापा मगर कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. २ बस्ने २८ को विनोद परियार र बस्ने ३३ बर्षिय बिष्णु श्रेष्ठ रुपन्देही सैनामैना नगरपालिका वडा नं.९ बस्ने १८ को मनोज दर्जी र १८ को समिर परियार रहेका छन । अदालत कपिलवस्तु बाट ५ दिन म्याद थप गरी अनुसन्धान कार्य भई रहेको प्रहरी उपरिक्षक थापाले बताए । ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले लागु औषध अन्तर्गत चलाएको अभियानमा चोरहरुको ठेलो गिरोह पक्राउ परेको बताए ।

प्रकाशित : २ पुस २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६