कपिलवस्तु १४ पुस । राष्ट्रले आधारभुत आवश्यतासंगै रोजगार मुलक बैज्ञानिक शिक्षा लागु गरे मात्र पढ्ने वाहानामा कोहि विद्यार्थी बिदेशीनु नपर्ने प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले बताउनु भएकोछ । नेपाली अग्रेजी भाषा शिक्षक संघ ९नेल्टा ०लुम्विनि प्रदेशको दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै शनिबार सिद्धार्थ क्यापस बाणगंगामा सो कुरा बताउनु भएको हो । विद्यार्थीलाई अन्य सीप सिक्नका लागि चाहिने विशुद्ध आधारभूत वातावरण सिर्जना गर्न नसक्नु , समाजबाट सिक्ने सामाजिक बातावरण बनाउ नसक्नु नै राज्यको कमाजोर अबस्था रहेको बताउनु भयो ।यस्तै प्रदेश योजना आयोग सदस्य सरोज खनालले शिक्षा नितिमा परिवर्तन ल्याउन तिनै तहको सरकार गम्भिर हुन जरुरी रहेको बताउनु भयो ।उहाले शिक्षामा परिवर्तनकाकुरा सबै सरकारले गरेपनि काम हुन वाँकी नै रहेको स्पष्ट पार्नु भयो । वाणगंगा नगरपालिका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीले नेपाली अग्रेजी भाषावाट विद्यार्थीलाई कसरी पठन पाठान गराउदा वालवालिकाले सहज रुपमा सिक्न सक्छन भन्नेमा ध्यान दिन जरुरी छ भन्ने विषमा छलफल हुनु राम्रो विषय भएको बताउनु भयो साथै यस्ता सम्मेलन हुनु आबश्यक रहेको उहाले बताउनु भयो ।नेल्टामा साधारण सभामा प्रदेशका बिभिन्न विद्यालयका शिक्षकको सहभागिता रहेको थियो । प्रदेश अध्यक्ष लोकनाथ उपाध्याको अध्यक्षता रहेको कार्यक्रमको संचालन प्रदेश महासचिव कृष्ण भट्टराइले गर्नु भएको थियो ।
१५ पुस २०८०, आइतबार
प्रतिक्रिया