ब्रेकिंग न्युज

हिलवर्ट इङ्लिस बोर्डिङ स्कुलमा दुई दिने आवास सिकाइ कार्यशाला सुरु




कपिलवस्तु, ०९ माघ । 
कपिलवस्तु वाणगङ्गा नगरपालिका पिपरा स्थित हिलवर्ट इङ्लिस बोर्डिङ स्कुलमा आवास सिकाइ कार्यशाला सुरु भएको छ । ‘’घरलाई स्कुल र स्कुललाई घर बनाउने ! अभिभावक शिक्षक र शिक्षक अभिभावक बन्ने !” उद्देश्यका साथ सिकाइ कार्यशाला गरिएको हो । 
हिलवर्ट इङ्लिस बोर्डिङ स्कुलमा अध्ययनरत पि. जि देखि कक्षा एक सम्मका विद्यार्थीहरूका अभिभावकहरूलाई आवास सिकाइ कार्यशालामा समावेश गरिएको छ । मंगलबार आज देखी सुरु भएको कार्यशाला भोलि बुधवार सकिने जनाईएको छ ।
कार्यक्रममा क्रियाकलापमा आधारित एजुकेसन नेपालका कार्यकारी प्रमुख अर्जुन भट्टले प्रशिक्षण दिदै विद्यार्थीको पहिलो पाठशाला घर भएको बताए । उनले  बालबालिकालाई घरमा जस्तो संस्कार दिइयो बालबालीका विद्यालयमा त्यही व्यवहार प्रर्दशन गर्ने र स्कुलमा शिक्षकले सिकाएका कुरालाई घरमा प्रयोग गर्ने हुनाले यसमा अभिभावक र शिक्षक दुवै चनाखो हुन जरुरी रहेको बताए । उनले अभिभावक र शिक्षकले आफूभन्दा ठूलालाई गर्नुपर्ने आदार सम्मान र सानालाई दिने माया जस्ता कुराहरू प्रदान गर्दा बालबालिका असल बाटोमा जाने जस्ता कुराहरूको बारेमा पहिलो दिन प्रशिक्षण गर्नु भएको छ । 


कार्यक्रममा हिलवर्ट इङ्लिस बोर्डिङ स्कुलका प्राचार्य शिवकुमार पोख्रेलको अध्यक्षता, वाणगङ्गा नगरका नगर शिक्षा शाखा प्रमुख खिमबहादुर जिसीको प्रमुख आतिथ्यता, विद्यालयका प्रबन्ध निर्देशक बुद्धि पौडेलको आतिथ्यता रहेको थियो । शिक्षक तेज प्रसाद आचार्यको स्वागत रहेको कार्यक्रमको सञ्चालन शिक्षक  देवी सुवेदीको सञ्चालनमा सुरु भएको थियो । कार्यक्रममा करिब २६० जना अभिभावकको उपस्थिति रहेको छ । 

प्रकाशित : ९ माघ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६