खोज–अनुसन्धान

अबको एक वर्षपछि माधव कुमार नेपाल प्रधानमन्त्री बन्ने दाबी



काठमाडौँ १३ माघ । नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेता सोमप्रसाद पाण्डेले अबको एक वर्षपछि माधव कुमार नेपाल प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । २०७९ पुस १० गते भङ्ग भएको गठबन्धन जोडिँदाको जेन्टलमेन्ट एग्रिमेन्ट अनुसार प्रचण्डपछि माधव नेपाल र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनले बताए । उक्त जेन्टलमेन्ट एग्रिमेन्ट लागू हुने र अबको एक वर्षभित्र माधव नेपाल प्रधानमन्त्री भइछाड्ने उनको दाबी छ ।

‘यसमा कुनै दुविधा छैन । जेन्टलमेन्ट एग्रिमेन्ट भएको छ । २०७९ साल पुस १० गते भत्किसकेको गठबन्धनलाई फेरि जोड्ने काम गर्‍यौँ,’ उनले भने, ‘पहिलो कार्यकाल नेकपा माओवादी ले दुई वर्ष, त्यसपछि नेकपा एकीकृत समाजवादीले गर्ने र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने हाम्रो सहमति छ । अब माधव नेपाल प्रधानमन्त्री बन्नुहुन्छ । त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ ।’

शनिबार रिपोटर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दे उनले कोशीको कारणले गठबन्धनमा कुनै पनि प्रकारको फेरबदल नआउने बताए । ‘म स्पष्टसँग भन्छु– यो गठबन्धन अब बाँकी रहेको चार वर्ष अवधि टुट्दैन । गठबन्धनमै सरकार चल्छ र यो देश अगाडि बढ्छ,’ उनले भने ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशीको परिणामलाई लिएर सत्तारुढ गठबन्धनमा केही अविश्वास भने पैदा भएको उनले बताए । साथै, कांग्रेसबाट यस्ता प्रकारका घात पहिला पनि भएको उनको आरोप छ । उनले २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफूलाई कांग्रेसले नै हराएको दाबी गरे । उनले कांग्रेस पार्टीका नेताहरू आफ्नै नेताहरुलाई समेत हराउन लागि पर्ने प्रवृत्तिका रहेको बताउँदै गठबन्धन दलका उम्मेदवार हराउन लागिपर्नुलाई नौलो मान्न नहुने बताए ।

जनतामा पुराना पार्टीप्रति वितृष्णा आउनुको पहिलो कारक कांग्रेस र उसका गतिविधि रहेकोसमेत उनले टिप्पणी गरे । २०७९ मा प्रतिनिधि सभाको निर्वाचन भएर गठबन्धनको सरकार बन्दै गर्दा संवैधानिक परिषद्मा नेकपा (एस)सहभागिता शून्य भएको विषयमा छलफल हुँदा आफूहरूलाई राष्ट्रिय सभाको अध्यक्ष दिने भन्ने छलफल भएको उनले खुलासा गरे । अहिले कुन पार्टीबाट कसलाई राष्ट्रिय सभा अध्यक्ष बनाउने भन्ने निर्णय नभइसके पनि सर्वसम्मत राष्ट्रिय सभा अध्यक्ष चुनिने उनको दाबी छ ।

प्रकाशित : १३ माघ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६