खोज–अनुसन्धान

बुटवल उपमहानगरको आफ्नै नगर प्रतीक चिन्ह प्रचलनमा




बुटवल १४ माघ ।बुटवल उपमहानगरपालिकाले पहिलो पटक नगर प्रतीक चिन्ह प्रचलनमा ल्याएको छ । नगर कार्यपालिकाको बैठकले गठन गरेको सिफारिस समितिको सिफारिसमध्ये बुटवल ११ का सौरभ न्यौपानेले तयार गरेको प्रतीक चिह्न प्रचलनमा ल्याएको हो । नगरले प्रचलनमा ल्याएको प्रतीक चिह्नमा बुटवलको नेपाल–अङ्ग्रेज युद्धताकाको झलकसहित जितगढी किल्ला, उजिरसिंह थापा, मणिमुकुन्दसेन, बुटवल शहर, तिनाउ नदीजस्ता सङ्केतहरु छन् । नगर प्रवक्ता शिव रानाको संयोजकत्वमा रहेको सिफारिस समितिको बैठकले करिब एकसयभन्दा बढी प्रतीक चिह्नमध्येबाट तीनवटा प्रतीक चिह्न कार्यपालिका बैठकमा पठाएको थियो ।

तीनवटा प्रतीक चिह्नमध्ये न्यौपानेको प्रतीक चिह्नले बुटवलको कला संस्कृति र परिवेश झल्काउने भएकाले सो प्रतीक चिह्न छनोट भएको प्रवक्ता रानाले बताउनुभयो । कार्यपालिकाको बैठकको निर्णय अनुसार गत भदौमा बुटवल उपमहानगर पालिकाले बुटवलको पहिचान झल्किने गरी लोगो निर्माण गरी पेश गर्न सार्वजनिक रुपमा आह्वान गरेको थियो ।
लोगो निर्माण गर्दा उपमहानगरपालिकाको नाम र नेपालको झण्डा अनिवार्य, उपमहानगरपालिकाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक एवम् विशिष्ट मौलिक पहिचान झल्किने हुनुपर्ने प्रावधान रहेको थियो ।छनोट भएको उत्कृष्ट प्रतीक चिह्न (लोगो) लाई बुटवल उपमहानगरपालिकाले आफ्नो प्रतिक चिह्नका रुपमा प्रयोग गर्ने र प्रतीक चिह्न बनाउने न्यौपानेलाई उपमहानगरपालिकाले २५ हजार रुपियाँ नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने प्रवक्ता रानाले बताउनुभयो ।
फोटो

प्रकाशित : १४ माघ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६