बुटवल २० माघ ।रातिमा सुरु भएर रातिमै सकिने रुपन्देहीको सबैभन्दा पुरानो गाउँको नामबाट भड्छा महोत्सव २०८० हुने भएको छ । ११३ औं बर्षअघि स्थानीय थारु समुदायले सुरु गरेको भड्छा महोत्सव तथा माघे औंसी रात्रीकालीन मेलालाई यो बर्ष समेत निरन्तरता दिने निर्णयसँगै तयारीको काम भइरहेको आयोजकले जनाएको छ । रुपन्देहीको सैनामैना नगरपालिका –८ भड्छा गाउँसमाज सैनामैना –८ को आयोजनामा माघ २५, २६ र २७ गते तीन दिने भड्छा महोत्सव तथा रात्री माघे आंैसी मेला सुरु गर्न लागिएको शनिवार पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
‘हाम्रो सस्कृति हाम्रो पहिचान, संस्कृति जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नारासहित विगतका बर्षजस्तै यस बर्ष पनि थारु समुदायको सांस्कृतिक पहिचान र स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसहित मेला आयोजना गर्न लागिएको सैनामैना –८ का अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक बुद्धिराम चौधरीले बताउनुभयो । परापूर्वकालदेखि चल्दैआएको मेलाको इतिहासको संरक्षण तथा सम्बद्र्धन गर्ने तथा थारु समुदायको बसोबास र पहिचानलाई जोगाई राख्न बर्सेनी भड्छा महोत्सव सञ्चालन गर्दैआएको अध्यक्ष चौधरीले बताउनुभयो ।
प्रतिक्रिया