अर्थ-वाणिज्य

सर्बसाधारणलाई नसताउन र भन्सारमा बसेर आँखा नचिम्लन अर्थमन्त्री महतको निर्देशन




कपिलवस्तु २३ माघ ।अर्थमन्त्री डा.प्रकाशशरण महतले अनुशासन र पारदर्शीका साथ राजश्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । मंगलबार कपिलवस्तुको कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालय निरीक्षण गर्दै मन्त्री महतले सर्वसाधारणलाई दुख पनि नदिने र आखाँ पनि नचिम्लने गरि अनुशासन र पारदर्शीका साथ राजश्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिनुभएको हो ।
को कहाँ के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुने उहाले बताउनुभयो । मन्त्री महत कर्मचारीका जायज माग सरकारले तत्काल सम्बोधन गर्ने तर परिणाम पनि आवश्यक पर्ने धारणा राख्नुभयो । उहाले अनुशासन, पारिदर्शिताका साथ व्यवसायको यथार्थ मूल्यांकन गरिए राजश्वको लक्ष्य नजिक पुग्न सकिने बताउनुभयो ।उहाले नयाँ ठाउँमा सम्पूर्ण संरचना निर्माणमा धेरै ठूलो लगानी चाहिने भएकाले नयाँ संरचनामा निर्माण तत्काल सम्भव नभएको स्पष्ट पार्नुभयो ।

प्रकाशित : २३ माघ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६