अर्थ-वाणिज्य

पालिकाको जनमुखी काम अनलाइन नक्सा पाश सुरु



दाङ २३ माघ । दाङको घोराही उपमहानगर पालिकामा अनलाइन नक्सा पाश सुरु भएको छ । सोमबार एक कार्यक्रमका बीच घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पाश प्रणालीको सुरुवात गरिएको हो ।

सुसासन सेवा अन्तरगत अनलाइन नक्सा पाश प्रणालीले सेवाग्राहीहरुलाई उपमहानगरपालिका धाउनु पर्ने बाध्यता हट्ने भएको छ भने सोको डाटा राष्ट्रिय सुचना प्रविधि केन्द्र सिंहदरबार काठमाडौंमा समेत सुरक्षित हुने र अनलाइन नक्सा पाश प्रणालीले फाइल राख्न र खोज्न हुने झन्झट र समयको बचत हुने बताइएको छ ।

यश प्रणाली सुरुवात संगै जग्गा नापजाँच वडाबाटै सम्बन्धीत वडाको अमिनबाट हुने छ भने सर्जिमिन मुचुल्का साधियार हस्ताक्षर १५ दिने सुचना सम्पूर्ण वडाबाट हुने र प्रमाणपत्र लिन मात्रै नगरपालिका आउनुपर्ने हुन्छ भने राजस्व समेत सम्बन्धित वडाबाट नै तिर्न सकिने छ ।

प्रकाशित : २४ माघ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६