कृषि

जहाँ मार्किङ्, त्यहाँ पार्किङ्’ अभियान शुरु




पाल्पा २४ माघ । तानसेनमा ट्राफिक समस्यालाई समाधान गर्न प्रहरीले ‘जहाँ मार्किङ्, त्यहाँ पार्किङ्’ अभियान सुरु गरेको छ । तानसेनका विभिन्न स्थानमा जथाभाबी पार्किङका कारण ट्राफिक समस्या बढेपछि प्रहरीले सडकमा मार्किङ् गरेका स्थानमा मात्र पार्किङ् गर्ने अभियान सुरु गरेको हो ।प्रहरीको अभियानले पैदल यात्रीलाई सहज रूपमा सडकमा यात्रा गर्न सहज हुनेछ भने अव्यवस्थित पार्किङका कारण उत्पन्न समस्या समाधान हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख राजकुमार चापागाईँले जानकारी दिनुभयो ।
अभियान अन्तर्गत जिल्लाको प्रमुख सडकको रूपमा रहेको सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा मार्किङ् गरिनेछ ।मार्किङ् गरेको स्थानमा बाहेक अन्य स्थानमा पार्किङ् गरे त्यस्ता चालकले कारबाही भोग्नुपर्ने प्रहरीले जनाएको छ ।तानसेन नगरपालिकासँगको सहकार्यमा प्रहरीले अभियान सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले जानकारी दिनुभयो ।

प्रकाशित : २४ माघ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६