अर्थ-वाणिज्य

विजयनगर गाउँपालिकाको चौथौ अधिवेशन : बित्तिय प्रगती २५ प्रतिशत भएको निष्कर्ष




कपिलवस्तु, २५ माघ ।कपिलवस्तुको विजयनगर गाउँपालिकाले गाउँसभाको चौथौ अधिवेशन (हिउँदे अधिवेशन) सम्पन्न गरेकोे छ । गाउँपालिकाले बिहिबार “कृषि, शिक्षा, स्वास्थ्य र पुर्वाधारः विजयनगरको समृद्धिको आधार” भन्ने मूल नारासहित गाउँसभाको चौथौ अधिवेशन गरिएको छ । आर्थिक वर्ष २०८०/०८१ पुस मसान्तसम्मको प्रगति प्रतिवेदन, रकमान्तर तथा श्रोतान्तर प्रस्ताव अधिवेशनबाट पारित गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीद्वारा पेश गरिएको प्रगति प्रतिवेदन, रकमान्तर तथा श्रोतान्तर प्रस्ताव उपर छलफल भई सर्वसम्मत पारित गरिएको छ । हालसम्मको वित्तीय प्रगति कुल २४.२३ प्रतिशत रहेको र ठेक्का व्यवस्थापन भएका योजनाहरुको भुक्तानी माग नभएकोले न्युन प्रगति देखिएको छ । विभिन्न शाखा तथा वडा कार्यालयबाट विनियोजन ऐन २०८० बमोजिम प्राप्त रकमान्तरको प्रस्तावलाई पारित गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले जानकारी दिए ।
विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले विजयनगरको समग्र समृद्धिका लागि प्रदेश, संघीय सरकार र सम्बन्धित निकायसँग निरन्तर लागिररहेको बताएका छन् । उनले गाउँपालिकाको उपलब्ध स्रोतबाट आवश्यकता अनुसार बजेट विनियोजन गरेर गाउँपालिकाको विकासलाई निरन्तरता दिइरहेको बताए । गाउँपालिकाको परिवर्तनका लागि सामाजिक विकासमा जोड दिएको अध्यक्ष थापाको भनाई छ । यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले नेपालमा संघीय प्रणाली असमानताको न्युनीकरण गर्न, वञ्चितीकरणलाई अन्त्य गर्न, विभेदको अन्त्य गर्न, क्षेत्रगत असन्तुलन हटाउन, साधन स्रोतको न्यायिक बाँडफाँड हुन, स्थानीय स्तरका समस्याहरु स्थानीय स्तरबाटै प्रथमिकता निर्धारण गरी समाधान गर्न, स्थानीय तहमा अधिकार र स्रोतको निक्षपण गरि जनताको नजिकबाट शासन सञ्चालन भई जनताको जीवनस्तरमा सुधार गर्न आएको बताइन् ।

प्रकाशित : २६ माघ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६