प्रदेश

केएनआईटीका विद्यार्थीले बनाएको गार्वेज मेसिन सन्धिखर्क नगरपालिकाले किन्यो



बुटवल, । बुटवल उपमहानरपालिका १२ मा रहेको कोरिया नेपाल बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरुले बनाएको गार्वेज मेसिन अर्घाखांचीको सन्धिखर्क नगरपालिकाले खरिद गरेको छ ।


गार्वेज मेसिनले प्लाष्ट्रिकका बोत्तल, ड्रम, टिनका बट्टालाई कम्प्रेस गरेर त्यसको भोलुम घटाउने गर्दछ । शिक्षालयका विद्यार्थीहरुले बनाएको हेवी मेसिन यस क्षेत्रमै पहिलो हो । यसअघि प्रोजेक्ट वर्कको क्रममा विद्यार्थीहरुले टपरी बनाउने मेसिन बनाएका थिए । विद्यार्थीहरु विनोद पौडेल, सम्राट बस्याल, शुसिल चौधरी, सुवास पुरी, अमुल भट्टराई, मनिष थारु र अनुप घिमिरेको टिमले बनाएको गार्वेज मेसिन शिक्षालयले सन्धिखर्क नगरपालिकालाई हस्तान्तरण गरेको हो ।


शिक्षालयका प्रमुख नविन किशोर गैरे र सिटिईभीटिका सदस्यसचिव ईन्जिनियर महेश भट्राईले सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरे । सो अवसरमा बोल्दै ईञ्जिनियर भट्राईले सिपलाई उद्यमशिलतामा लैजादै व्यवसायीकरण गर्नु नै प्राविधिक शिक्षा भएको भन्दै केएनआईटीका विद्यार्थीले गरेको यो प्राजेक्टबाट धेरै प्राविधिक क्याम्पसहरुले सिक्न सक्ने बताए ।

उनले विद्यार्थीले तयार गरेको मेसिन खरिद गरेर स्थानीय सरकारले हौसला प्रदान गरेको भन्दै यस्तै मेसिन खरिदका लागि बाहिर जाने रकम नेपालमै रहने बताए ।


गार्वेज मेसिनले १५० टनको बलमा बस्तुलाई च्याप्छ र त्यसको भोलुमलाई सानो बनाउंछ । खासगरी यो मेसिन बढि मात्रामा फोहोर प्रशोधन केन्द्रमा प्रयोग हुन्छ । शिक्षालय प्रमुख गैरेले विद्यार्थीहरुले बनाएको मेसिन सन्धिखर्क नगरपालिकाले खरिद गरेसंगै यसपछि आवश्यक प्राविधिक सहयोगका लागि शिक्षालय तयार रहेको बताए । शिक्षालयका रोजगार शाखा प्रमुख निरज तिवारीले मेसिन बनाउन निवेदन आएपछि विद्यार्थीहरुलाई बनाएको बताए ।


सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले नगरभित्र आवश्यक मेसिन शिक्षालयबाट तयार भएमा आफुहरुले खरिद गर्ने प्रतिबद्धता जनाए । देवदह नगरपालिकाका नगरप्रमुख धुब्र खरेलले स्थानिय तहमा आवश्यक मेसिन खरिद गर्दा लाखौ रुपैया विदेशीने गरेकोमा नेपालीले बनाएको आवश्यक मेसिन आफुहरुले खरिद गर्ने बताए ।


भारतिय बजारमा २० देखि २५ लाख पर्ने गार्वेज मेसिन शिक्षालयले साढे ११ लाखमा सन्धिखर्क नगरपालिकालाई विक्रि गरेको हो ।

प्रकाशित : २९ माघ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६