देश

वाणिज्य बैंकहरुको ब्याजदर फेरि घट्यो



काठमाण्डौ, २९ माघ । वाणिज्य बैंकहरूले फागुन महिनाको ब्याजदर पनि घटाएका छन् । लगानीयोग्य रकम बढ्दै गएपछि बैंकहरुले साउनदेखि नै ब्याजदर घटाउँदै आएका छन् ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमध्ये १६ वटा बैंकले ब्याजदर घटाएका छन् । फागुन महिनाका लागि सबैभन्दा धेरै सिटिजन्स बैंकले ब्याजदर घटाएको छ । माघ महिनामा व्यक्तिगत मुद्दतिमा ९ दशमलव १५ प्रतिशत ब्याज दिएको यस बैंकले फागुन महिनामा अधिकतममा ८ दशमलव २५ प्रतिशत ब्याज दिने भएको छ ।

फागुनको लागि कृषि विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६ दशमलव ४४ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ७ दशमलव ३५ प्रतिशत ब्याजदर तोकेका छन् ।

यस्तै, फागुनको लागि प्राइम कमर्सियल बैंकको ७ दशमलव ४ प्रतिशत, नेपाल बैंकको ७ दशमलव २५ प्रतिशत, सानिमा बैंकको ७ दशमलव ५१ प्रतिशत र प्रभु बैंकको ७ प्रतिशत ब्याजदर तोकिएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकको अधिकतम ८ प्रतिशत, एनएमबी बैंकको ८ दशमलव ५ प्रतिशत, ग्लोबल आईएमई बैंकको ७ दशमलव ६ प्रतिशत, नबिल बैंकको ७ दशमलव ७६ प्रतिशत, नेपाल एसबीआई बैंकको ८ दशमलव १ प्रतिशत, कुमारी बैंकको ८ दशमलव ०१ प्रतिशत तथा एनआईसी एसिया बैंक र सिद्धार्थ बैंकको ८ प्रतिशत ब्याजदर छ ।

फागुनको लागि लक्ष्मी सनराइज, माछापुच्छ्रे, हिमालयन र एभरेष्ट बैंकले माघकै अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन् । अहिले बैंकमा निक्षेप अनुसार कर्जा बढ्न नसकेपछि लगानीयोग्य पुँजी बढ्दै गएको छ ।

फागुनमा कुन बैंकको ब्याजदर कति ?

कृषि विकास बैंक : ६ दशमलव ४४ प्रतिशत

राष्ट्रिय वाणिज्य बैंक : ७ दशमलव ३५ प्रतिशत

स्ट्याण्डर्ड चार्टर्ड बैंक : ७ दशमलव ३५ प्रतिशत

प्राइम कमर्सियल बैंक : ७ दशमलव ४ प्रतिशत

 नेपाल बैंक : ७ दशमलव २५ प्रतिशत

सानिमा बैंक : ७ दशमलव ५१ प्रतिशत

 प्रभु बैंक : ७ प्रतिशत

नेपाल इन्भेस्टमेन्ट बैंक : ८ प्रतिशत

एनएमबी बैंक : ८ दशमलव ५ प्रतिशत

ग्लोबल आईएमई बैंक : ७ दशमलव ६ प्रतिशत

नबिल बैंक : ७ दशमलव ७६ प्रतिशत

नेपाल एसबीआई बैंक : ८ दशमलव १ प्रतिशत

कुमारी बैंक : ८ दशमलव ०१ प्रतिशत

एनआइसी एशिया बैंक : ८ प्रतिशत

हिमालयन बैंक : ८ दशमलव १५ प्रतिशत

लक्ष्मी सनराइज बैंक : ८ प्रतिशत 

माछापुच्छ्रे बैंक : ८ प्रतिशत 

एभरेष्ट बैंक : ८ प्रतिशत 

सिद्धार्थ बैंक : ८ प्रतिशत

सिटिजन्स बैंक : ८ दशमलव २५ प्रतिशत

प्रकाशित : २९ माघ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६