प्रदेश

अख्तियारको बुटवल कार्यालयमा स्थानीय तहविरुद्धका उजुरी बढी



बुटवल, २९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा स्थानीय तहविरुद्धका उजुरी बढी रहेको पाइएको छ । अख्तियारको ३३ औँ स्थापना दिवसको अवसरमा बुटवल कार्यालयले आयोजना गरेको कार्यक्रममा स्थानीय तहविरुद्ध बढी उजुरी आउने गरिएको जानकारी दिइएको हो ।

अख्तियारका बुटवल कार्यालय प्रमुख राजेन्द्रकुमार पौडेलले आयोगमा स्थानीय तहविरुद्धका उजुरी बढी आउने गरेको बताए । अख्तियारको लुम्बिनी कार्यालयमा गत आर्थिक वर्षमा आएका ३ हजार २५८ उजुरीमध्ये सबैभन्दा बढी

स्थानीय तहका रहेको उनले जानकारी दिए । लुम्बिनीमा बुटवल र नेपालगन्जमा कार्यालयले प्रदेशका १२ वटै जिल्ला हेर्ने गरेको छ । बुटवल कार्यालयमा गत आर्थिक वर्षमा कुल १ हजार ५ सय ३३ उजुरी रहेकोमा ६९.१४ प्रतिशत अर्थात् १ हजार ५१ उजुरी फर्स्योट भएको कार्यक्रममा जानकारी गराइएको थियो । यस्तै विस्तृत अनुसन्धानमा रहेका १०३ मध्ये ४१ वाट फस्टौ गरेको जनाएको छ ।

कार्यक्रममा लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रतिनिधि र राष्ट्रसेवक सबैले शुद्ध मनका साथ काम गर्नुपर्ने बताए ।

प्रकाशित : २९ माघ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६