अर्थ-वाणिज्य

विद्युत प्राधिकरणसँग समस्या समाधानको माग




भैरहवा, २९ माघ । रुपन्देहीका उद्योगीहरूले अघोषित विद्युत कटौती (लोडसेडिङ) ले उद्योगमा उत्पादनको काम ठप्प भएको भन्दै विद्युत प्राधिकरणसँग समस्या समाधानको माग गरेका छन् । केही समय यता विद्युतको समस्या झेल्दैआएका रुपन्देहीका उद्योगीले २४ घण्टा नै केही दिनदेखि अघोषित रूपमा लोडसेडिङको मारमा परेको बताएका छन् । रुपन्देही उद्योग सङ्घका अध्यक्ष दिलीप सापकोटाले ३३ केभिए तथा ११ केभिए औद्योगिक कोरिडोरका उद्योगमा विगत केही दिनदेखि २४ घण्टा अघोषित विद्युत कटौती भइरहेको बताउनुभयो ।
उहाँले उद्योगमा भएको अघोषित लोडसेडिङले कच्चा पदार्थ बिग्रेको, बजारमा मालवस्तुको अभाव सिर्जना भइसकेको तथा मूल्यवृद्धि हुने डर रहेको बताउनुभयो । उद्योग सङ्घले उद्योगमा पटक–पटक विद्युत कटौती भएकाले उद्योग सञ्चालन ठप्प रहेको भन्दै नेपाल विद्युत प्राधिकरणको प्रदेश कार्यालयमार्फत प्रणाली सञ्चालन विभाग, विद्युत कार्यालय बुटवल ग्रिड शाखा र वितरण केन्द्र भैरहवा, बुटवल तथा नयाँमिललाई समेत ध्यानाकर्षण गराएको छ ।उद्योगमा केही समय यता दैनिक १२ घण्टासम्म अघोषित रूपमा लोडसेडिङ रहेको उद्योगीको भनाइ छ ।

उद्योग सङ्घका निवर्तमान अध्यक्ष माधव पौडेलले उद्योग सञ्चालनमा समस्या आएको बताउनुभयो । उहाँले उद्योग सञ्चालन हुन नसक्दा आपूर्तिमा असहज हुने बताउनुभयो ।पञ्चकन्या समूहका उपमहाप्रबन्धक देवेन्द्र साहुले प्राधिकरणले विद्युत दिन नसक्ने भए पूरै उद्योग बन्द गर्न तयार रहेको तर यसरी सूचनाबिना कटौती गरेर थला परेका उद्योगीलाई थप हतोत्साहित नबनाउन आग्रह गर्नुभयो ।सङ्घका महासचिव तथा बुटवल औद्योगिक क्षेत्रका उद्योगी हिरामणि भट्टराईले अनियमित विद्युत कटौती गर्ने समस्या आए तत्काल सूचना दिन माग गर्नुभयो । उहाँले लोडसेडिङ गर्ने भए तालिका बनाएर उद्योग सञ्चालन गर्ने वातावरण सिर्जना हुनुपर्ने माग गर्नुभयो ।

प्रकाशित : २९ माघ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६