कपिलवस्तु १ फागुन
सिमावर्ती क्षेत्र कृष्ण्नगर बजारमा भारत लैजान लगीएको अवस्थामा ५ किलो बढी चरेश सहीत २ महिला पक्राउ परेका छन । नेपालबाट भारत तर्फ जादै गरेकी जिल्ला रोल्पा दुईखोली गाउपालिका १ घरवतन बताउने ३३ बर्षिया रश्मी बुढा र ४३ बर्षिया तुलसा रोका मगरको साथबाट सो चरेश बरामद गरिएको हो । कृष्णनगर नगरपालिका .२ पुरानो बसपार्कबाट बुढालाई ३ किलो १३८ ग्राम र मगरको साथबाट १ किो ८२६ ग्राम चरशे बरामद गरिएको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्षण ओलीले बताए । दुबै जना महिलालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भई रहेको प्रहरी निरिक्षक ओलीले बताए ।
चरेश पहाडबाट जिल्लाका नाका हुदै भारत तर्फ निकासी हुने गरेको छ । लागु औषधका कारोवारीहरुले चरेश ढुवानीकालागि महिलाहरुलाई भरियाका रुपमा प्रयोग गर्ने गरेका छन । नाका कटाई भारत सम्म चरेश पुर्याए बापत कोरोवारीले महिलाहरुलाई अतिरिक्त रकम समेत दिने गरको प्रहरीले जनाएको छ । चरेशका ढुवानी गर्ने अभियुक्त पक्राउ परे पनि कोरोवारी भने उम्किने गरको छन । प्रहरी उपरिक्ष नवरत्न पौडेलले चरेश ढुावनीमा महिलाहरु नै धेरै प्रयोग गर्ने गरिएको बताए । उनले चरेश लगायतकाका लागु औषध नियन्त्रणकालागि आफुहरुले नाकाहरु मै बिशेष निग्रानी बढाइएको बताए ।
प्रतिक्रिया