खोज–अनुसन्धान

२ जनालाई टोकेर भाग्दै गरेको चितुवा सेफ्टी टयांकीमा खस्यो




मकवानपुर ३ फागुन ।मकवानपुरको थाहा नगरपालिकामा चितुवाको आक्रमणबाट दुईजना घाइते भएका छन्।बुधबार साँझ थाहा नगरपालिका वडा नम्बर २ मा चितुवाको आक्रमणबाट ६६ वर्षीय हेमन्त कुमार ढकाल र ६० वर्षीया सावित्रीदेवी ढकाल घाइते भएका हुन्।घाइते दुवैजनालाई उपचारको लागि पालुङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ। घाइतेहरुको शरीरमा चोटपटक लागेको र अवस्था सामान्य रहेको स्वास्थ केन्द्रले जनाएको छ।आक्रमण गरेपछि चितुवा धपाउन मानिसहरू कराएपछि भागेको चितुवा सेफ्टी ट्याङ्कीमा खसेको थियो। सोही क्रममा चितुवाको मृत्यु भएको स्थानीयको भनाइ छ।

प्रकाशित : ३ फाल्गुन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६