खोज–अनुसन्धान

कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते




कपिलवस्तु ३ फागुन ।कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको मृत्यु भएको छ । राती १ बजे महेन्द्रनगर बाट काठमाडौ सुनौलो महाकाली यातायात दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । सुनौलो महाकाली यातायातले संचालन गरेको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो ।

दुर्घटनाबाट ३० जना घाइते भएको त्यसमध्ये ९ जनाको बुटवल रिफर गरिएको छ । अन्यको सन्जिवनी र शिवराज आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तु प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताउनुभयो । मृतकको विवरण अझै आइसकेको छैन ।

प्रकाशित : ३ फाल्गुन २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६