खोज–अनुसन्धान

हतियारसहित ड्युटीमा रहेकी जवानको हवलदारले गरे हत्या



दाङ४ फागुन । प्रहरी सहायक हवलदारले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय ९हाल नेपालगन्ज बाँके०मा कार्यरत सहायक हवलदार यमबहादुर झाँक्रीले वडा प्रहरी कार्यालय घोराही९दाङ० मा कार्यरत प्रहरी जवान आफ्नै श्रीमती धनमाया थापा मगरलाई पेस्तोल प्रहारगरी हत्या गरेका हुन् ।
दाङ प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार टु ट्वान्टी बाइकमा आएका झाँक्रीले घोराहीको दामोदर चोकमा हतियारसहित ड्युटीमा बसेकी श्रीमतीलाई तीन राउन्ड गोली हानेका थिए । दुई राउन्ड कोखामा र एक राउन्ड गोली छातीमा लागेको थियो ।

गोली प्रहारपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले मगरलाई मृत घोषणा गरेका थिए । श्रीमतीलाई गोली हानी हत्या गर्ने सहायक हवलदार झाँक्रीलाई प्रहरी पेस्तोलसहित लमहीबाट पक्राउ गरेको छ ।सहायक हवलदार झाँक्री कर्णाली प्रदेश प्रहरी कार्यालय९हाल नेपालगन्ज बाँके०का एसएसपीका बडिगार्ड हुन् । प्रहरीका अनुहार उनकी श्रीमतीले दाङ जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा हालेकी थिइन् ।

प्रकाशित : ४ फाल्गुन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६