अर्थ-वाणिज्य

कृष्ण कँडेलले शर्मिला श्रेष्ठसहित ६ जना बिरुद्ध दिए गाली बेइज्जती मुद्धा



काठमाडौं ५ फागुन । ईन्द्रेणीका संचालक कृष्ण कँडेलले शर्मिला श्रेष्ठसहित जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जतीको मुद्दा दर्ता गरेका छन् ।शुक्रबार उनले श्रेष्ठसहित जीवन टण्डन, कविता लामा, पूर्णप्रसाद कँडेल, खगेन्द्र विक, लक्ष्मीप्रसाद घिमिरेलाई विपक्षी बनाई गाली बेइज्जतीको मुद्दा दर्ता गराएका हुन् ।इन्द्रेणीबाट अघोषित निष्कासनमा परेका पाँच जना कलाकारले फेसबुक लाइभमा आएर सञ्चालक कृष्ण कँडेलविरुद्ध विभिन्न आरोप लगाएका थिए। शर्मिला श्रेष्ठलगायतका कलाकार संयुक्तरूपमा लाइभमा आएर उनीहरूले पुसदेखि आफूहरूलाई कार्यक्रममा नबोलाइएको बताएका थिए।
पूर्ण कँडेल र लक्ष्मी घिमिरेले आफूमाथि हातपातसमेत भएको दाबी गरेका थिए।

लाइभमा बताइएअनुसार पाँच जनालाई बोलाएको बेलामा मात्रै आउने भनेर कागजमा सही गर्न लगाइएको थियो। आर्थिक कारणले तलवमा राख्न नसक्ने भनेर कँडेलले बताएका थिए। तर, कार्यक्रम नियमित सुटिङ हुँदा पनि नबोलाएर आफूहरूलाई अघोषित निष्कासन गरिएको कलाकारले बताएका थिए। लाइभ आएकामा शर्मिलासहित खगेन्द्र विश्वकर्मा, पूर्ण कँडेल, लक्ष्मी घिमिरेलगायत छन् । कँडेल र घिमिरे सञ्चालक कृष्ण कँडेलका नातेदारसमेत हुन् ।इन्द्रेणीमा नियमित देखिने गरेकी शर्मिला श्रेष्ठ लाइभमै रोएकी थिइन् । आफ्नो बुवाआमाले कृष्ण कँडेललाई भगवान् मान्ने तर आफूलाई उनैले अन्यायमा पारेको श्रेष्ठले बताइकी थिइन ।
ईन्द्रेणीका सञ्चालक कँडेलले भने आफूले कसैको पनि श्रम र सम्मानमा आँच नपुर्याएको प्रष्टीकरण दिएका थिए । कँडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो प्रष्टीकरण दिँदै समाचार लेख्नेविरुद्ध कानूनी उपचार खोज्ने चेतावनी समेत दिएका थिए । उनले नुबझी झुटो समाचार बनाए कानूनी उपचार खोज्ने चेतावनी दिएका हुन् ।

प्रकाशित : ५ फाल्गुन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६