अर्थ-वाणिज्य

प्रदेश सञ्चार समन्वय परिषद्लाई निस्प्रभावी बनाएको सरकारलाई झकझकाउन एमालेलाई ध्यानाकर्षण



दाङ ७ फाग्न । लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद्ले राजनीतिक पूर्वाग्रहका आधारमा निस्प्रभावी बनाइएको भन्दै ध्यानाकर्षण गराएको छ । प्रदेशका आमसञ्चार माध्यमहरूको व्यवस्थापन तथा सरकार आमसञ्चारबीच समन्वय गर्ने निकायका रूपमा गठित परिषदलाई वर्तमान सरकारले राजनीतिक पूर्वाग्रहमा अधिकारविहीन बनाएको भन्दै ध्यानाकर्षण गराइएको हो ।लीला गिरीको पालामा समितिको गठन नियमावली बनाए सञ्चार माध्यम ऐन २०७९ को दफा ५२ को उपदफा २ को खण्ड ‘क’ बमोजिम नियुक्ति गरिएका व्यक्तिहरूलाई वर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारले अधिकारविहीन बनाएको उनीहरूको गुनासो छ ।
आफूहरूलाई अधिकारविहीन बनाएकोप्रति समितिका अध्यक्ष यमबहादुर( मिलन)गाहासहितका सदस्यहरूले सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको बताएका छन् । समिति सदस्यहरूमा सम्झना शर्मा, पार्वती पाण्डे, रुद्र सुवेदी, वसन्त आचार्य र सरला सुवेदी रहेका छन् ।पटक(पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नगर्ने तथा समितिलाई बजेट नदिएर अधिकारविहीन बनाएकोप्रति ध्यानाकर्षण गराउँदै सोमबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमार्फत पनि मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।
एमाले सचेतक तुलसीप्रसाद चौधरीलाई ज्ञापनपत्र बुझाउँदै समितिका अध्यक्ष गाहाले सरकारलाई जिम्मेवार बन्नका लागि नेकपा एमालेले समेत दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए ।‘सरकारले समितिलाई राजनीतिक प्रतिशोधको शिकार बनाउन खोज्दै गरेको सुनिएको छ यसमा प्रमुख प्रतिपक्षी दलका तर्फबाट सरकारको गम्भीर ध्यानाकर्षण गराइयोस् ’, ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।एउटा मन्त्रिपरिषद्ले पूरा मापदण्ड अपनाएर कानूनसम्मत तरिकाले गरेको नियुक्तिलाई अर्को सरकार आएसँगै अनेक तरिका अपनाएर निष्प्रभावी बनाउन खोज्नु, समितिलाई बजेटविहीन बनाइनु गलत भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : ७ फाल्गुन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६