खोज–अनुसन्धान

४२ औं मगर एकता दिवस १५ गते सार्वजनिक बिदा




पाल्पा १३ फागुन ।पाल्पाको रामपुर नगरपालिकाले ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । फागुन ११ गते बसेको १४ औं कार्यपालिका बैठकले दिवसको अवसरमा रामपुर नगरपालिकाले १५ गते दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।रामपुर नगपालिकामा मगर समुदायको बहुल्यता रहेको जिल्ला भएको र मगर समुदायले फागुन १५ गतेलाई उत्सवको रुपमा मनाउने भएकाले सार्वजनिक बिदा दिइएको रामपुर नगरपालिकाका नगर प्राुख रमण बहादुर थापाले बताउनुभयो ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘मगर समुदायको बाहुल्यता रहेको यस रामपुर नगरपालिकामा ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा यहि मिति २०८०–११–१५ गते नगरपालिका मातहतकासम्पूर्ण कार्यालयहरु, शिक्षण संस्था, स्वस्थ्य संस्था र अन्य सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएकाले उक्त दिन सार्वजनिक विदा हुने व्यहोरा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।’राष्ट्रिय मगर दिवसको अवसरमा रामपुर नगरपालिकाको विभिन्न स्थानमा मगरी संस्कृतिमा आधारित झाँकी प्रदर्शनसहितका कार्यक्रमहरु हुँदै आएको छ । रामपुरको बेझाँडमा एकिकृत मगर उत्थान समाज र नेपाल मगर संघले संयुक्त रुपमा कार्यक्रम गर्दै आएको छ।

प्रकाशित : १३ फाल्गुन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६