खोज–अनुसन्धान

पिकअपको ठक्करवाट चिया पसल चलाउने कोहारको मृत्यू




कपिलवस्तु १६ फागुन ।कपिलवस्तुको बुद्धभूमि नगरपालिका ४ झडुलामाई मन्दिर नजिकै भएको सवारी दुर्घटनाका घाइते शितल कोहाँरको मृत्यु भएको छ । आज साझँ मन्दीर नजिकैको मोडमा पिकअपले र मोटरसाइकललाई ठक्कर दिएको थियो । लु ३ च ४३८३ नम्बरको पिकअपले लु १३ प १८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर पछि गम्भिर घाइते भएका शितल कोहाँरको उपचारका लागि कपिलवस्तु अस्पताल तौलिहवा पुराइएको थियो । कोहाँरलाई अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ । मृतक कोहाँर बुड्ढी हनुमान चोकमा चिया पसल गर्दै आएका थिए ।

प्रकाशित : १६ फाल्गुन २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६