अर्थ-वाणिज्य

अन्तरास्ट्रिय बिमानस्थलको फाइदा लिन निजी क्षेत्रले नजिकमा उद्योग खोल्नुपर्छ :मन्त्री साउद




भैरहवा२० फागुन । परराष्ट्र मन्त्री एनपी साउदले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय उडानबाट सुचारु तथा चलायमान बनाउन विभिन्न मुलुकसँग कुटनीतिक पहल भैरहेको बताएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६५औं बार्षिक साधारण सभाको शनिवार भैरहवामा उद्घाटन गर्दै मन्त्री साउदले यसका लागि बिशेषगरि भारतसँग कुराकानी अगाडि बढिरहेको बताए । ‘यसका लागि भारतका बिदेश मन्त्री समक्ष एक हप्ता अघि मैले कुराकानी गरेको छु’, मन्त्री साउदले भने, ‘यो बिषयमा भारत सकारात्मक ढंगबाट अघि बढ्नेमा म बिश्वस्त छु ।’
यहाँबाट हवाइ उडान संचालन गर्नका लागि विभिन्न बिदेशी एयरलाइन्स कम्पनिसँग पनि कुरा भैरहेको उनले जनाए । उनका अनुसरा, भारतसँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिदेशी दातृसंस्थाबाट ऋण लिएर निर्माण गरिएको र उपयुक्त ढंगबाट उक्त बिमानस्थल संचालनमा आउन नसकेमा हुने नोक्सानीको वारेमा स्पष्ट रुपमा कुरा राखिएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा संचालन गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि पहल गरिरहेको दावी उनले गरे । मन्त्री साउदले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको वारेमा कुरा राख्नु अघि नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले विमानस्थल पूर्ण रुपमा संचालन हुन नसक्नुको पछाडी भारतकै कारण हो भने परराष्ट्र सम्बन्ध तथा नेपालको कुटनीतिक पहलका वारेमा जिज्ञासा राखेका थिए ।

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि राज्यको तर्फबाट ४० अर्व रुपैयाँ लगानी भएको छ भने निजी क्षेत्रको ८० अर्व भन्दा धेरै लगानी भएको छ’, शर्माले भनेका थिए, ‘यो विमानस्थल किन चलेन रु सरकारले जवाफ दिनु पर्यो की अव निजी क्षेत्रले के गर्ने रु ।’
‘विभिन्न मुलुकमा रहेका नेपाली राजदुतहरुलाई नेपालका लागि भीसा र पासपोर्ट उपलब्ध गराउने काममा मात्र सिमीत नरहेर नेपालको कुन उत्पादन कुन कुन मुलुकमा बेच्न सकिन्छ र नेपालमा भित्राउन सकिने त्यहाँको प्रविधिको पहिचान गर्न लगाएको छु’, मन्त्री साउदले भने । नेपालमा पर्यटनको विकासका लागि रामायण सर्किट, बुद्ध सर्किट र काशी–पशुपतीनाथ–मुक्तिनाथलाई जोडेर पर्यटकीय रुटको विकास गर्ने काम भैरहेको उनले जनाए ।

नेपालमा लगानीको क्षेत्र बिस्तार गर्नका लागि सरकारले लगानी सम्मेलनको तयारी गरिरहेको जनाउँदै उनले बिश्वका ठूला ठूला लगानीकर्तालाई लगानीका लागि प्रोत्साहन गरिने बताए । नेपालमा अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्न आवश्यक परेमा नीतिगत सुधार र नीति संशोधन गर्न सकिने उनले बताए ।

सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँनले नेपाल आउने भारतीय पर्यटकलाई कम्तिमा पाँच लाखसम्म ल्याउन पाउने नीति जरुरी रहेको बनाए । यसो गरे मात्रै विदेशी पैसा नेपाल भित्रिने उनले जनाए ।नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शर्माले राज्यले अनुत्पादक क्षेत्रमा लगानी नगर्न आग्रह गरे । व्यापार सहजिकरणमा परराष्ट्रस्तरीय सहजिकरण हुन नसक्दा आयात निर्यातमा समस्या भएको शर्माले बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बिदेश जानका लागि पासपोर्ट बनाउँदा १५ हजार तिरेमा भोलीपल्टै पाइने तर स्वदेशमा नै उद्योग व्यवसाय गर्न खोजेमा अनाबश्यक दुःख र झन्झट बेहोर्नु पर्ने बताए । ‘लुम्बिनी निर्माण व्यवसायी संघकी अध्यक्ष मन्जु भुषालले निर्माण व्यवसायीले सरकारसंग सम्झौता अनुरुप गरेको कामको भुत्तानी नपाउँदाको आर्थिक असर चौतर्फी रुपमा परेको बताइन् । ी

प्रकाशित : २० फाल्गुन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६