ब्रेकिंग न्युज

स्याउ खेतीका लागि जुम्ला पुगे महासचिव विप्लव



कपिलवस्तु २५ फागुन । स्याउ खेतीका लागि जुम्ला पुगे महासचिव विप्लव भन्दा के गर्न खोजेहोलान भन्ने लाग्न सक्छ। हिम गाउँपालिका–६ स्थित पाथरखोलामा सामूहिक स्याउ खेतीका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ९विप्लव० जुम्ला पुगेका छन् ।कमहासचिव विप्लवले सामूहिक स्याउ खेतीका लागि विरुवा रोप्न कार्यक्रमको सुरुवात गर्ने सो पार्टीका केन्द्रीय सदस्य विर्खबहादुर शाहीले जानकारी दिए ।
पार्टीको निर्णयअनुसार सामुहिक स्याउ खेती सुरु गर्न लागिएको जनाइएको छ ।कूल २२ हजार क्षेत्रफलमा फैलिने सामूहिक स्याउ खेतीका लागि १० हजार बिरुवा रोप्ने लक्ष्य पार्टीले लिएको छ । नेकपा जुम्लाले पहिलो चरणमा दुई हजार बिरुवा रोप्ने छ ।पार्टीले कृषि उत्पादनलाई प्रथामिकता दिने उद्देश्यले बनाएको योजनाअनुसार हिमा गाउँपालिमा सामुहिक स्याउ खेती सुरु गरिएको महासचिव विप्लवले बताए । –रासस

प्रकाशित : २५ फाल्गुन २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६