कपिलवस्तु ८ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित भेटवार्ता गरेका छन् ।बिहीबार साँझ उनीहरुबीच ओली निवास बालकोटमा छलफल भएको हो । छलफलमा एमालेलाई समाजवादी मोर्चामा सहभागी बन्न विप्लवले अनुरोध गरेका छन् भने नेकपा बन्दा आफ्नो दललाई समेत सहभागि गराउन प्रस्ताव गरेका छन् ।पछिल्लो समय कम्युनिष्ट घटकबीच एकताको सम्भावनासम्बन्धी चर्चाबीच यो भेटलाई अर्थपूर्णरूपमा लिइएको छ ।
८ चैत्र २०८०, बिहिबार
प्रतिक्रिया