प्रदेश

३० लाखको लागतमा आहिरौली पुल निर्माण सम्पन्न

विकासमो मूल धारमा जोडिदै पटना



कपिलवस्तु, असार ८
पञ्चायत काल देखि चुनावी नारा बन्दै आएको आहिरौली पुलको निर्माण कार्य सम्पन्न संगै पटना विकासको मूल धारमा जोडिएको छ । पञ्चायत, वहुदल देखिका निर्वाचनमा नेताहरुले आहिरौली पुल निर्माण गर्ने भन्दै धेरै पटक जनतासंग मत माग्ने गरेको तर सधै आफुहरुलाई झुक्काइरहेको बताउन्छन । वडा नं. १० का अहिरौली, पटना, गलाहा, नौगौया, शुद्धोधन गा.पा.को छपिया गाउँलाई एक साथ जोडने आहिरौली पुलको निर्माणले सिंगो पटनालाई विकासको मूल धारमा ल्याउन निकै महत्व राख्ने बताउनुहुन्छ बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरी । आ.व. २०८०।०८१ मा पुल निर्माण शुरुवात संगै सम्पन्न हुदा स्थानियमा उत्साह थपिएको वडा अध्यक्ष यम प्रसाद पोख्रेलको भनाई छ ।

साविकका पटना गाविसका पाँच गाउँका करिव १ हजार घरधुरीलाई प्रत्यक्ष प्रभाव पार्ने आहिरौली पुल निर्माणमा बाणगंगा नगरपालिकाले साथ दिन पाउदा जनतासंगै स्थानिय तह संगै छ भन्ने जनभरोसा बढेको छ भन्नुहुन्त बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल ।पुल निर्माणमा बाणगंगा नगरपालिकाको १६ लाख ५० हजार, वडा नं. १० को १० लाख र स्थानियबासीको श्रमदान ३ लाख ५० हजार गरी करिव ३० लाखमा निर्माण कार्य सम्पन्न भएको वडा नं. १० का वडा सचिव सन्त प्रसाद चौधरीले बताउनु भयो ।

प्रकाशित : ९ असार २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६