प्रदेश

गुल्मीमा ट्याक्टर पल्टिँदा ६ वर्षीय बालकको मृत्यु, चालक र सहचालक गम्भीर घाइते



गुल्मी, १४ असार ।

गुल्मीको रेसुङ्गा नगरपालिका–४ रायढुङ्गामा ट्याक्टर दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार तम्घास–सिमलटारी सडक खण्ड हुँदै तम्घासतर्फ आउँदै गरेको लु४त २४६५ नम्बरको ट्रयाक्टर दुर्घटना परेको हो।

दुर्घटनामा मालिका गाउँपालिका–२ का छ वर्षीय शिव विकको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई उपचारका लागि गुल्मी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा ट्याक्टर चालक गुल्मीको धुर्कोट गाउँपालिक–५ बस्तुका २६ वर्षीय दीपक गोतामे र सहचालक बागलुङ बडिगाड गाउँपालिकाका १९ वर्षीय राजकुमार विक घाइते भएका छन्।

उनीहरूलाई थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित : १५ असार २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६