प्रदेश

रुपन्देहीमा बस दुर्घटना, ८ जना घाइते



बुटवल । रुपन्देही तिलोत्तमा आज बिहान बस दुर्घटनामा परेको छ । तिलोत्तमा २ शंकरनगरमा बिहानै बस दुर्घटना हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी ड्राइभरटोलका अनुसार बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको बस आफै अनियन्त्रित भई सडकमा पल्टेको हो ।

बसमा सवार ८ जना घाइते मध्ये सहचालकको अवस्था मध्यम रहेको छ । अन्य सामान्य घाइते भएको प्रहरीले जनाएको छ । बसमा १६ जना सवार थिए । प्रहरीले चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित : २६ असार २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६