ब्रेकिंग न्युज

७० लाख बढीको सुनचाँदीसहित समातिए चार युवक



बाँके १२ भदौ । बाँके प्रहरीले ३४ तोला सुन र साढे १० किलो चाँदीसहित पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको छ ।सोमबार दिउँसो विशेष सुराकीको आधारमा प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–११ बिपी चोक क्षेत्रबाट चार जनालाई पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा बर्दिया राजपुर नगरपालिका–८ का ४० वर्षीय नेपाली थारु, राजपुर–४ का ४२ वर्षीय निमप्रकाश सुनार, नेपालगञ्ज उपमहानगरपालिका–११ का २१ वर्षीय राहुल सोनार र राप्ती सोनारी गाउँपालिका–४ का २४ वर्षीय ओमजङ्ग चौधरी रहेको जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिएका छन् ।

अवैध रूपमा सुनको कारोबार भइरहेको भन्ने सूचना पाएपछि प्रहरीले नेपाली थारुले चलाएको ०३०१–०२४ च ६७६३ नम्बरको कारलाई फेला पारेको थियो । त्यसैक्रममा उनको कारलाई रोकेर जाँच गरेको थियो । कारमा सवार निमप्रकाश सुनारबाट सुरूमा ६७ ग्राम सुन र राहुल सोनारबाट १७२ ग्राम चाँदीका गहना बरामद भएको थियो ।

उनीहरूमाथि अनुसन्धान गरी प्रहरीले ओमजंगलाई पनि पक्राउ गरेको थियो । ओमजंङ पशुपति सुनचाँदी रिफाइन कारखानामा कार्यरत कालीगढ समेत हुन् । उनलाई पक्राउ गरी कारखाना पुगेर प्रहरीले थप सुन र चाँदी बरामद गरेको हो । कारखानाबाट ३४० ग्राम तौलको सुन र १० केजी ४४१ ग्राम चाँदी बरामद भएको भएको थियो । कारखाना सञ्चालक भने फरार छन् ।

जिल्ला प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार उनीहरूबाट कुल ४०७ ग्राम अर्थात ३४ तोला सुन र १० किलो ६१३ ग्राम चाँदी बरामद भएको हो । बरामद सुन र चाँदीको बजार मूल्य झण्डै ७० लाख बराबर हुने प्रहरीले जानकारी दिएको छ । अनुसन्धानमा खटिएका अर्का एक प्रहरी अधिकारीका अनुसार उनीहरूले यसअघि पनि अवैध रूपमा कारोबार गरेको आशंका छ । यसबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धानका लागि राजश्व कार्यालयमा बुझाइएको हुँदा बाँकी अनुसन्धान उतै हुने उनले बताए ।

प्रकाशित : १२ भाद्र २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६