ब्रेकिंग न्युज

सिद्धबाबा सुरुङ मार्ग निर्माणको काम समयमै सक्न मुख्यमन्त्री आचार्यको निर्देशन



कपिलवस्तु, १२ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले निर्माणाधीन पाल्पाको सिद्धबाबा सुरुङ मार्गको काम समयमै सक्न निर्देशन दिएका छन् । मंगलबार सुरुङ मार्गको अवलोकन गर्दै उनले प्रदेशको पहिलो सुरुङ मार्ग रहेकाले सुरुङको निर्माणपछि विकासमा नयाँ युगको सुरुवात हुने बताए ।

मुख्यमन्त्री आचार्य सुरुङ मार्ग निर्माण सम्पन्न भए नागरिकलाई आवतजावतमा सहजता हुनेका साथै पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । यस्तै सभामुख तुलाराम घर्तीमगरले सिद्धार्थ राजमार्गलाई सुरक्षित बनाउन सुरुङ मार्ग कोशेढुंगा साबित हुने बताए ।

अहिले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङ मार्गमा विस्फोटक पदार्थ प्रयोग गरेर २४ सै घण्टा खन्ने काम भइरहेको छ । अबको दुई–तीन महिनाभित्र सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गर्ने तयारी रहेको सिद्धबाबा सुरुङ मार्ग आयोजना कार्यालयका इन्जिनियर सविता ज्ञवालीले जानकारी दिइन् ।

सुरुङ मार्गको लम्बाइ १ हजार १ सय २६ मिटर छ । यो योजनाअन्तर्गत बुटवलतर्फको चिडियाखोलाबाट ९ सय १० मिटर र पाल्पातर्फ ५ सय ६० मिटर दुई लेनमा सडक सुधारको काम पनि गरिने छ । यस खण्डको चार किलोमिटर पहिरो आउने क्षेत्रभित्र पर्छ । सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् छेउमा निस्कन मिल्ने गरी यसको निर्माण गरिएको हो ।

प्रकाशित : १२ भाद्र २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६