कपिलवस्तु, भाद्र २३ । नेकपा (एमाले) कपिलवस्तुका जिल्ला बाबुराम खनालले विशेष गरी आदिवासी थारु समुदायको महत्वपूर्ण पर्व बडका अत्तवारी पर्व २०८१ सालको अवसरमा शुभकामना सन्देश जारी गर्नु भएको छ ।
जिल्ला अध्यक्ष बाबुराम खनालद्धारा जारी शुभकामना सन्देशमा बडका अत्तवारी पर्व २०८१ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने आदिवासी एवम् सम्पूर्ण नेपालीहरु प्रति शुभकामना ब्यक्त गर्दै समाजमा देखा पर्ने सवै खाले विकृतीहरुको अन्त्य र सुसंस्कारयुक्त समाज निर्माणको बडका अत्तवारी पर्व २०८१ले हामि सबैमा सकारात्मक प्रेरणा प्रदान गर्ने शुभेच्क्षा प्रकट गर्दछौं भनिएको छ ।
जारी शुभकामना सन्देशमा संस्कृतीको संरक्षण, प्रवर्धन मार्फत मौलिक संस्कृतिको विकास, आन्तरिक एवम् वाहय पर्यटन प्रवर्धन मार्फत समुदायको समृद्धिमा केन्द्रित रहेर पर्वहरुलाई उत्साहका साथ मनाउन उपयुक्त हुने विज्ञप्तीमा भनिएको छ ।
जारी सन्देशमा सबै जात, जाती, भाषा, भाषि, वर्ग समुदाय बीच भाइचारा एकता, सदभाव, कायम गर्दै समुद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा गर्न हामि सबैमा बडका आत्तवारी पर्वले अझ उत्साह थप्ने विश्वास ब्यक्त गर्दछु भनिएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।
२३ भाद्र २०८१, आइतबार
प्रतिक्रिया