प्रेसपाटी टिभी

दुई युवाको पहलमा बाणगंगामा खुलेको ‘द फिटनेस क्लब’: स्वास्थ्य र फिटनेसको उत्कृष्ट गन्तव्य



कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नं. ४, चारनम्बरमा सुगम खनाल र शुसील आचार्यले बदलिँदो जीवनशैलीका कारण उत्पन्न हुने शारीरिक र मानसिक समस्यालाई मध्यनजर गर्दै जिम हाउस सञ्चालनमा ल्याएका छन्। विलासितापूर्ण जीवनशैलीले निम्त्याउने समस्याहरूलाई शारीरिक व्यायामद्वारा समाधान गर्ने उद्देश्यले स्थापना गरिएको यो जिम हाउस सबै उमेरका व्यक्तिहरूलाई लक्षित गरिएको छ।

जिम हाउसमा प्रायः सबै अत्याधुनिक सेवा सुविधाहरू उपलब्ध गराइएका छन्, जसले युवा पुस्तादेखि वृद्ध व्यक्तिहरूसम्मलाई शारीरिक फिटनेस र मानसिक शान्ति प्राप्त गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।

सुगम खनाल र शुसील आचार्यले उक्त जिम हाउसमा तीन जनालाई रोजगारको अवसर पनि दिएका छन्। जिममा युवा पुस्ताले मात्र होइन, महिलाहरू र हरेक उमेरका पुरुषहरूले पनि सहजै व्यायाम गर्न सक्ने वातावरण प्रदान गरिएको छ।

प्रकाशित : २४ भाद्र २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६