ब्रेकिंग न्युज

राप्ती उवासंघ भालुवाङको दोश्रो पटक अधिवेशन आयोजना



देउखुरी २१ असोज ।दाङ(देउखुरीको राप्ती गाउँपालिका(१, भालुवाङमा रहेको राप्ती उद्योग बाणिज्य संघको पुनस्दोस्रो पटक सातौँ बार्षिक साधारणसभा तथा अधिवेशन आज शनिबार संघको आफ्नै सभाहल भालुवाङमा सम्पन्न भएको छ । गत असोज १२ गते शनिबार भएको सातौँ बार्षिक साधारणसभा तथा अधिवेशनमा गणपुरक सख्या नपुगेपछि उक्त साधारणसभालाई रद्ध गर्दै दोस्रो पटक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो ।

संघको आजिवन सदस्य सहित ६ सय ४५ जना सदस्य संख्या रहेको संघमा १२ गते भएको साधारणसभामा जम्मा २ सय ८६ उपस्थिति रहेको गणपुरक संख्या पुग्न २७ जना अपुग भएपछि उक्त साधारणसभा तथा अधिवेशन रद्ध भएको थियो । संघका अध्यक्ष सुरज खड्काको अध्यक्षता एवम् संघ कै संस्थापक अध्यक्ष होमप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा संघका पूर्व अध्यक्ष जगतप्रसाद पोख्रेल, भालुवाङ नगर विकास समितीका पूर्व अध्यक्ष माबुल मिया, भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समितीका कोषाध्यक्ष चन्द्रप्रकाश आचार्य, संघका पूर्व बरिष्ठ उपाध्यक्ष अनन्तराज पौडेल, संघका सदस्यहरू राजकुमार आचार्य, राप्ती प्रेस मञ्चका मुख्य संरक्षक महेश रिजाल र पत्रकार सन्तोषकुमार गुप्ता लगायतका बक्ताले बोलेका थिए।

संघका बरिष्ठ उपाध्यक्ष बाबुराम थापाको स्वागत मन्तब्यबाट शुरू भएको साधारणसभा तथा अधिवेशनमा संघका अध्यक्ष सुरज खड्काले संस्थागत प्रतिवेदन, महासचिव नारायण शर्माले बार्षिक प्रगति प्रतिवेदन र संघका कोषाध्यक्ष श्रीधर खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन संघका महासचिव नारायण शर्माले गरेका थिए।

यसैबीच सभाको बन्दसत्रले पत्रकार महेश रिजालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समेत गठन गरेको छ । जसको सदस्यहरूमा चन्द्र खनाल र टोपबहादुर झाँक्री रहेका छन्। यस्तै बन्दसत्रले बिधान संसोधन गर्ने र अध्यक्ष, महासचिव तथा कोषाध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन समेत पारित गरेको छ ।

प्रकाशित : २१ आश्विन २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६