अर्थ-वाणिज्य

महरा पुत्र राहुल १४ महिनापछि रिहा भए



कपिलवस्तु १६ कार्तिक । सुन तस्करीमा दोषी ठहर भएर जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा रिहा भएका छन् । अदालतले तोकेको १४ महिना सजाय भुक्तान गरेर उनी १३ कात्तिकमा छुटेका हुन् ।
२०७९ पुस १० गते दुबईबाट विद्युतीय चुरोट ‘भेप’ मार्फत लुकाएर सुन तस्करी गर्ने समूहका वाङ्ग दाओजिनसँग महराका बाबुछोराको बारम्बार फोन सम्पर्क भएको देखिएको थियो । राहुललाई २०८० भदौ १३ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले पक्राउ गर्यो । जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
राहुलको मुद्दामा गत भदौमा फैसला भएको हो । न्यायाधीश केशव पोखरेलले उनलाई १४ महिनाको जेल सजाय सुनाएका थिए । पक्राउ परेको दिनदेखि उनको जेल सजाय गणना भएर १३ कात्तिकमा १४ महिना पूरा भएको छ । त्यही दिन उनी रिहा भएको केन्द्रीय कारागार स्रोतले बतायो ।बाबु कृष्णबहादुर महरा पनि सोही प्रकरणमा गत चैतमा पाँच दिनमा हिरासतमा बसेका थिए ।

प्रकाशित : १६ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६