ब्रेकिंग न्युज

सरकारले सहकारी समस्या समाधान गर्न ४ वटा संरचना खडा गर्ने अन्तिम तयारीमा पुगेको छ : मन्त्री अधिकारी



बाके ८ मंसिर ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताउनु भएको छ।नेकपा ९एमाले० बाँकेले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री अधिकारीले राजनीतिक स्थायित्व र देशमा अग्रगमनका लागि दुई ठूला दलको सहकार्यमा बनेको सरकारले जनतामा आशा जगाउने काम गरेको बताउनु भयो । मन्त्री अधिकारीले आफुले नेतृत्व गरेको मन्त्रालयको पहलमा कर्जा सूचना केन्द्र स्थापनालाई अगाडि बढाउने,बचत सुरक्षन कोष खडा गर्ने, सहकारी कर्जा असुली न्यायाधीकरण बनाउने र दोश्रो तहको नियमन निकाय बनाउने कामकालागि एन नियम तर्जुमा अन्तिम चरणमा पुगेकोले अब केहि दिनमै यी काम हुने स्पस्ट पार्नु भयो ।
“हामीले जनतालाई आशा जगाउने गरी काम गरिरहेका छौँ, त्यसको प्रतिफल आइरहेको छ”,मन्त्री अधिकारीले भन्नु भयो“मुलुकमा राजनीतिक स्थायित्व र समृद्धिका लागि वर्तमान सरकार दृढताका साथ काम गरिरहेका छौँ।” सहकारीमा देखिएका समस्या समाधान गर्न सरकार नचुक्ने ठोकुवा गर्नु भयो ।

सहकारीमा देखिएका समस्या समाधान गर्न समिति नै बनाएर कानुनि अबस्था र सम्रचनाको अध्ययनको काम गरिरहेको मन्त्री अधिकारीले बताउनु भयो । “ऋण लगेकालाई ऋण तिर्न पर्दैन भन्ने हल्ला फैलाइएको छ, त्यो होइन, ऋण तिर्नुपर्छ”,नतिरेपछि कानुन अनुसार कार्यबहि हुन्छ उहाले भन्नु भयो ।मन्त्री अधिकारीले निम्न आय भएका व्यक्तिले थोरै–थोरै बचत गर्ने ठाउँ सहकारी भएकाले यसमा देखिएका समस्या समाधान गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताउनु भयो ।

प्रकाशित : ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६