अर्थ-वाणिज्य

आत्मनिर्भरताकालागि स्थानीय उत्पादन बढाउन विशिष्टीकृत सहकारी उपयुुक्त : मुख्यमन्त्री आचार्य




बुटवल ९ मंसिर । आत्मनिर्भरताकालागि स्थानीय उत्पादन बढाउन विशिष्टीकृत सहकारी उपयुुक्त : देखिएको मुख्यमन्त्री चेत्नारायन आचार्यले बताउनु भएको छ । उहाले लुम्बिनी प्रदेश सरकारले विशिष्टीकृत सहकारी संस्थाहरुलाई स्थानीय उत्पादनमा जोड्नेगरी परिचालन गर्ने बताउनु भयो । मुख्यमन्त्री चेतनारायण आचार्यले रुपन्देहीको तिलोत्तमामा लुम्बिनी विशिष्टीकृत सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको दुग्ध तथा प्रशोधन उद्योगको शनिबार अवलोकन गर्दै स्थानीय उत्पादन बढाउन विशिष्टीकृत सहकारी संस्थालाई परिचालन गर्नेगरी सरकारले योजना बनाउने बताएका छन् ।स्थानीय उत्पादन नबढ्दा सम्म अर्थतन्त्र पनि बलियो हुन सक्दैन । आत्मनिर्भरताकालागि स्थानीय उत्पादन बढाउन जरुरी छ । यो काममा विशिष्टीकृत सहकारी संस्थाहरुको भूमिका महत्वपूर्ण रहन्छ’ उनले भने,‘दुध, मासु, खाद्यन्न लगायत स्थानीय उत्पादन बढाउन सहकारीलाई परिचालित गर्न जरुरी छ । आयातलाई घटाउदै निर्यात बढाउने खालका उत्पादनमा लगानी बढाउन जरुरी छ ।’

विशिष्टीकृत सहकारी संस्थाले सञ्चालन गर्ने उद्यम तथा उद्योगको विकासको लागि प्रदेश सरकारले ऋण तथा उत्पादन प्रोत्साहन अनुदानको लागि नीतिगत व्यवस्था गर्ने बताए । तिलोत्तमामा १४ करोडको लगानीमा उद्योग स्थापना भएको छ । यो उद्योगमा तीन लाख बढी किसान प्रत्यक्ष जोडिएका लुम्बिनी विशिष्टीकृत सहकारी संस्थाका कार्यवाहक अध्यक्ष ज्ञानु पौडेलले जानकारी दिए । तिलोत्तमा नगरपालिका–६, पश्चिम पहुनीमा स्वचालित प्रविधि जडित डेरी उद्योग हालसालै स्थापना गरिएको हो । डेरी उद्योगले दुग्धजन्य पदार्थ उत्पादन सुरु गरेको छ ।

प्रकाशित : ९ मंसिर २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६