ब्रेकिंग न्युज

प्रतिनिधिसभाः उद्धार कार्य प्रभावकारी बनाउन सांसदको माग



काठमाडौँ, ६ असोज

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले रसुवाको भोटेकोशी बाढीमा परेका नागरिकको उद्धार कार्य प्रभावकारी बनाउन सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शाहीले सरकारले सुरुङभित्र फसेका व्यक्तिको बेलैमा उद्धार गरेको भए जीवितै उद्धार गर्न सकिने अवस्था थियो भन्नुभयो । तर, उद्धारमा ढिलाइका कारण शव मात्रै निकाल्नु परेको उहाँले गुनासो गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद यज्ञमणी न्यौपानेले अदालत र न्यायलय पनि अब विधिमा चल्नुपर्छ भन्दै न्यायपालिकाको पुनःसंरचना आवश्यक भएको बताउनुभयो । समय सापेक्ष न्यायालय बनाउनेमा जोड दिर्दै उहाँले न्यायाधीशको सम्पत्ति छानबिन गर्न आग्रह गर्नुभयो । नेपाली कांग्रेसका मदनकृष्ण श्रेष्ठले हवाई सुरक्षाको विषयमा कुनै पनि सम्झौता गर्न नसकिने बताउदै नेपाल वायु सेवा निगमलाई व्यवस्थीत बनाउनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रकाशित : ६ आश्विन २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६