काठमाडौं २० मंसिर । साइबर अपराधको कसुरमा प्रहरीको थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अर्को पनि पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको हो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को अनुसन्धानमा रहेका भारतीय गुण्डा नाइके लरेन्स विश्नोई समूहको सदस्य भनिएका हरिचन्द्र फुयाँलसँग प्रसाईंको निरन्तर फोन सम्पर्क देखिएको थियो । प्रसाईं र फुयाँलबीचको उक्त ‘कनेक्सन’ सँगै सीआईबीले पक्राउ अनुमति मागेको थियो ।
लरेन्स विश्नोईको सदस्य हुँ भन्दै व्यवसायीलाई धक्काएको आरोपमा फुँयाल पक्राउ परेका हुन् । प्रसाईं भने कम्बोडियाको एक टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको गलत तथ्य सार्वजनिक गरेको आरोपमा मंसिर ४ गते पक्राउ परेका हुन् । आपराधिक लाभसम्बन्धी कसुरमा उनीविरुद्ध पक्राउ अनुमति लिइएको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् ।
प्रतिक्रिया