अर्थ-वाणिज्य

बिबादित लेडि शोभा पाठकलाई ३ दिन हिरासतमा राख्न अनुमति



कपिलवस्तु २ पुस । नेकपा एमाले नेता महेश बस्नेतविरूद्ध उजुरी दिएर चर्चामा आएकी शोभा पाठकलाई ३ दिन प्रहरी हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ। प्रहरीले उनलाई सोमबार काठमाडौँ जिल्ला अदालत परिसरबाट नियन्त्रणमा लिएको थियो। मंगलबार प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो।
फेसबुकमा गालीगलौजयुक्त सामग्री राखेको र गालीबेइज्जती हुने खालका अभिव्यक्ति दिएको भन्दै राजकुमार त्रिपाठीको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।पाठकमाथि प्रहरी वृत्त स्वयम्भूले साइबर अपराधमा अनुसन्धान गरी मुद्दा चलाउने तयारी गरेको छ।त्यसअघि पनि सामाजिक सञ्जाल मार्फत चरित्रहत्या हुने खालका अभिव्यक्ति दिएको उजुरीकाका आधारमा उनी पक्राउ परेकी थिइन्।

प्रकाशित : २ पुस २०८१, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६