अर्थ-वाणिज्य

दुर्गा प्रसाईंले ऋण तिर्नैपर्ने अदालतको आदेश, अस्पताल लिलाम हुने निश्चित



काठमाडौं ३ पुस । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकबाट लिएको ऋण तिर्न अब कानुनी बाध्यता आएको छ ।उच्च अदालत विराटनगरको इलाम इजलासले प्रसाईंको रिट खारेज गर्दै बैंकलाई ऋण असुलीको बाटो खुला गरिदिएको छ ।कुमारी बैंकको बिर्तामोड शाखासहितबाट लिएको ऋण तिर्न ताकेता भएपछि प्रसाईंका तर्फबाट टीकाराम अधिकारीले निषेधाज्ञाको रिट दायर गरेका थिए । तर, न्यायाधीशद्वय विपुल न्यौपाने र काजीबहादुर श्रेष्ठको इजलासले उक्त रिट खारेज गरिदिएको हो ।अदालतको यो आदेशसँगै बैंकले अब प्रसाईंको पूर्वाञ्चल क्यान्सर अस्पताल समेत लिलाम गर्न सक्नेछ । केही दिनमा आदेशको पूर्णपाठ सार्वजनिक हुने बताइएको छ ।

पछिल्लो समय प्रसाईंले आफूले लिएको ऋण मिनाहा गर्नुपर्ने र नतिर्ने अभिव्यक्ति दिँदै आएका थिए । उनको यस्तो अभियानले ग्रामीण क्षेत्रमा काम गर्ने लघुवित्त संस्थाहरूलाई ऋण असुली गर्न कठिनाइ निम्त्याएको थियो ।अब, अदालतको आदेशपछि प्रसाईंलाई ऋण तिर्नैपर्ने स्थिति आएको छ। यदि उनले तिर्न असफल भए, उनको अस्पताल लिलाम हुन सक्ने खतरा बढेको छ ।

प्रकाशित : ३ पुस २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६