ब्रेकिंग न्युज

एमालेसँग सहमतिमै अघि बढेका छौँ, २ दलबीच कुनै समस्या छैन : देउवा



काठमाडौं३ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच कुनै समस्या नभएको बताएका छन्।आफ्नै निवास बुढानीलकण्ठमा बसेको कांग्रेस कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै समस्या नभएको ब्रिफिङ गरे।
बैठकपछि सभापति देउवाको भनाई उद्धृत गर्दै गृहमन्त्री रमेश लेखकले भने, ‘एमाले र कांग्रेसको सहमतिमा अघि बढ्ने हो। मुलुकमा सुशासन र आर्थिक समृद्धि गर्ने हो यसमा केन्द्रित भएर काम गर्नुस्। हामी दुई दलबीचमा कुनै समस्या छैन।’

सरकारको पछिल्लो कदमलाई लिएर संस्थापन इतर पक्षका नेता डा। शेखर कोइराला र संस्थापन पक्षकै केही नेताहरूले असन्तुष्टि व्यक्त गरिरहेका बेलामा देउवाले गठबन्धनमा कुनै समस्या नभएको प्रष्ट्याएका हुन्।

प्रकाशित : ३ माघ २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६